Tuesday, April 29, 2025

अत्याधुनिक प्रविधिको तीन दमकल खरिद गर्दै काठमाडौँ महानगर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अत्याधुनिक प्रविधिको तीनवटा दमकल खरिद गर्ने भएको छ।

गत २४ चैतमा बसेको महानगरको नगर सभाको बैठकले आधुनिक दमकल खरिद गर्ने निर्णय गरेसँगै दमकल किन्ने प्रक्रिया अघि बढाइएको हो ।

महानगरसँग हाल अनुदानबाट प्रप्त चारवटा दमकल रहेको र थप तीनवटा खरिद प्रकृयामा रहेको महानगरका प्रवक्ता इश्वरमान डंगोलले बताए ।

‘अहिले महानगरले आगलागीका घटना नियन्त्रणका लागि चारवटा दमकल प्रयोग गर्दै आएको छ,’ उनले भने, ‘ ती सबै नेपाल सरकार तथा अन्य दातृ निकायबाट उपहार स्वरूप प्राप्त भएका हुन्।’

महानगरले आफ्नै लगानिमा उक्त दमकलहरू खरिद गर्न लागेकोे डंगोल बताउँछन् ।

उनका अनुसार नयाँ दमकल खरिदका लागि प्राविधिक अध्ययनको काम भइरहेको छ भने प्रकृया पनि अघि बढाइएको छ ।

काठमाडौँमा निर्माण भएरहेको अग्ला अग्ला संरचनाहरुलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिको तीन दमकल खरिद गर्न लागिएको उनको भनाई छ ।

महानगरले दमकल खरिदको लागि बजेट, मिति र मोडल भने तय गरि नसकेको उनले जनाए ।

ताजा समाचार

सम्बन्धित समाचार