Monday, September 30, 2024

विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा आयोजित विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विपत्तिका बेला राहत तथा उद्धार र त्यसका लागि आवश्यक सबै उपकरणहरूको व्यवस्था गर्न सङ्घ, प्रदेश र स्थानीय सबै तहका सरकारलाई सचेत गराएका थिए।

गृह सचिव प्रेमकुमार राईले विपद् व्यवस्थापनका लागि आवश्यक सबै खालको पूर्व तयारीमा जुट्न प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिए।

बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले पनि आ– आफ्नो प्रदेशका विपद्को सम्भावना र व्यवस्थापनका लागि गरिएको प्रयासहरूका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार