Monday, September 30, 2024

हात्तीको दाह्रासहित दुई जना पक्राउ

भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले हात्तीको दाह्रासहित दुई जना पक्राउ
गरेको छ।

प्रहरीले मध्यपुर थिमी नगरपालिका–१ कौशलटारबाट हात्तीको दाह्रा जस्तो देखिने बस्तु १ थानसहित दुई जनालाई बिहीबार साँझ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ स्वयम्भू सानोर्भयाङ बस्ने दोलखा बैतेश्वर गाउँपालिका–४ का ३० वर्षीय रुपेश खड्का र सोही स्थान बस्ने गुल्मी रुरु गाउँपालिका–४ का २३ वर्षीय भास्कर पौडेल रहेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार