Sunday, October 20, 2024

धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती

धरान । निर्माणाधीन धरान खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र गोलेले जानकारी दिएका छन् ।

सन २०१७ को जुलाईमा सम्पन्न हुनुपर्ने आयोजना ९ महिना वितिसक्दा पनि सम्पन्न हुन नसकेका भन्दै स्थानियवासीले असन्तुष्टी व्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचन अघिसम्म सन्तोषजजक ढंगले निर्माण कार्य भईरहेको भएतापनि त्यसपछि काममा निकै ढिलाई भएको छ ।

एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकको ३५ प्रतिशत क्रृण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान नगरपालिकाको १५ प्रतिशत गरी कूल १ करोड ४८ लाख लगानीमा निर्माणाधीन धरान खानेपानी आयोजनाको निर्माण कार्य कार्य सन् २०१५ मा शुरु भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार