Monday, April 28, 2025

पत्रपत्रिकामा आजः अनारलाई कागजको टोपी, कोटेश्वर जामको विकल्प अन्डरपास

काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कान्तिपुर
-आजको कान्तिपुरमा वाग्मती किनार अतिक्रमण भन्ने शिर्षकमा समाचार छापिएको छ । वाग्मती छेउको जग्गा अतिक्रमण भएको चोभार क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् । बल्खुदेखि नै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले वाग्मती किनारमा संरचना निर्माण गरी अतिक्रमण गरेका छन् । स्थानीय बासिन्दाले अतिक्रमणबाट जोगाउन स्थानीय तहमा उजुरी समेत दिएका छन् ।

-अनारलाई कागजको टोपी भन्ने शिर्षकमा टीकाप्रसाद भट्टको समाचार छापिएको छ । अनारका दानालाई कागजको टोपी लगाइदिने पहिलो किसान सुनारपानीका हिरालाल आचार्य हुन् । अनारबाजे नामले चिनिने उनले त्यसरी दस वर्षअघि थालेको प्रयोग अहिले रामेछापभरि फैलिएको छ । सदरमुकामको कृषि ज्ञान केन्द्रमा समेत उनकै सिको गरिएको छ । अनारका चिचिलो दानामा कागजको थैलो स्टिच गरी अडयाइन्छ । यसरी टोपी लगाउँदा दानामा किरा लागेको पाइँदैन ।

-सम्झौता अवधि अगावै पुल भन्ने शिर्षकमा प्रताप विष्टको समाचार छापिएको छ । निर्माण कम्पनीहरूले तोकिएको काम समयमा नै नसक्ने रोगले ग्रसित रहेको अवस्थामा मकवानपुरको दुर्गम गाउँपालिकाको झोलुङ्गे पुल ९ ९नौ० महिनाअघि नै निर्माण कार्य सकेको छ ।जिल्लाको पूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिकाका ४ र ५ नम्बर वडाको चौरा खोलामा तोकिएको समयभन्दा अघि नै झोलुङ्गे पुल निर्माण गरिएको हो । उमाखानी जेभी निर्माण कम्पनीले २०७६ साल माघ १५ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो ।

अन्नपूर्ण पोस्ट्
-आजको अन्नपूर्ण पोस्ट्मा कोटेश्वर जामको विकल्प अन्डरपास भन्ने शिर्षकमा निर्दोष घोरसाइनेको समाचार छापिएको छ । ट्राफिक जामको पर्यावाची भइसकेको छ, कोटेश्वर। सर्वसाधारण कोटेश्वरको जामले आजित छन्। जामका कारण यो बाटो प्रयोग गर्नेको दैनिकी बदलिँदो छ। कोटेश्वरस्थित कैलाश विकास बैंकमा काम गर्ने गठ्ठाघरकी नमिता काफ्ले कार्यालय समयभन्दा एक घण्टाअघि नै घरबाट निस्किन्छिन्। अढाई वर्षीय छोरीलाई साढे ८ बजे नै खाना खुवाएर घरबाट निस्कुनुपर्ने काफ्लेको भनाइ छ।

नागरिक
-आजको नागरिकमा पुनर्निर्माणले घर बनेन, गोठ बन्यो भन्ने शिर्षकमा कृष्ण किसीको समाचार छापिएको छ । २०७२ वैशाख १२ गते शनिबारको महाभूकम्पपछि तीन लाख ८२ हजार ६ सय घरहरुको पुनःनिर्माण सम्पन्न भइसकेको तथ्यांक छ। तर, काठमाडौं उपत्यकाबाहिरका गाउँंगाउँंमा पुननिर्मित धेरै घरहरु घरको रुपमा नभई गोठ जस्तै रुपमा सानो एकतल्ले बनेको सार्वजनिक भएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुननिर्माण सम्पन्न भइसकेका भनेका झण्डै चार लाख पुनर्निति घरहरुमध्ये धेरै घरहरु काम नलाग्ने गरी एककोठे बनेको अध्ययनले देखाएको जनाएको छ। भूकम्पले अति प्रभावित १४ जिल्लाहरुमा गरेको अध्ययनले यस्तो देखिएको उसले जनाएको छ।

-सडक पार गर्न वन्यजन्तुलाई असहज भन्ने शिर्षकमा सविता श्रेष्ठको समाचार छापिएको छ । भरतपुर र रत्ननगरलाई जोड्ने टिकौली वन क्षेत्रमा सडक पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्छ । जौविक मार्ग मानिएको सडकमा सवारीसाधनको ठक्करबाट चालू आर्थिक वर्षमा ६ वटा चित्तलको मृत्यु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार