Monday, September 30, 2024

खुट्टा टेक्ने ठाउँ छैन् खुलामञ्चमा (भिडियो)

काठमाडौं– चौतर्फी दबावपछि काठमाडौं महानगरपालिकले खुल्लामञ्च अतिक्रमण गरेर बनाइएको टहराहरु भत्काएको छ । खुल्लामञ्च मात्र होइन, समग्र टुँडिखेलमा नै सर्वसाधारणका लागि खुट्टा टेक्ने ठाउँ छैन् ।


खुल्लामञ्च यतिबेला बस स्टेसनमा परिणत भएको छ, बीचको भाग पहिलेदेखि नै सेनाको कब्जामा छ । अनि बाँकी ठाउँमा पनि एक वर्ष यता धरहरा निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाग्री राखिएको छ । त्यसैले समग्र टुँडिखेल नै यतिबेला खाली छैन् । खुल्लामञ्चमा रहेको बसपार्क तत्काल हट्ने कुनै सम्भावना छैन् ।

२०७२ सालमा भुकम्पको समयमा धेरै स्थानीय लामो समयसम्म यही टुँडिखेलमा पाल टाँगेर बसेका थिए। अहिले समग्र टुँडिखेलको अवस्था एकदमै दिक्क लाग्दो देखिन्छ ।

समग्र टुँडिखेलको बारेमा हाकाहाकीकर्मी शालिक भट्ट र अमिश रेग्मीले क्यामरामा कैद गरेको भिडियो।

ताजा समाचार

सम्बन्धित समाचार