Monday, April 28, 2025

हरित विकासमा पिङको जोड

बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङले हरित विकास र हरित जीवन शैलीबाट आर्थिक विकास र वातावरण संरक्षणको संतुलन कायम हुने बताएका छन् ।

शुक्रबार भएको चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुबीचको बैठकमा उनले छ वटा महत्वपूर्ण कार्यको सूची प्रस्तुत गरेका थिए । उक्त सूचीमा विकासको अहिलेको ढाँचा तीव्र गतिमा बदल्नु पर्ने र प्रदुषण विरुद्धको अभियानलाई तीव्रता दिनुपर्ने उल्लेख छ । वातावरणका विषयहरुलाई महत्वपूर्ण ढंगले समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

हरित विकास र हरित जीवन शैलीलाई प्रोत्साहन दिने, देशले नयाँ विकासको अवधारणा अपनाउँदै आर्थिक विकास र वातावरण संरक्षण बीच सुःसम्बन्ध कायम गरेर अगाडी बढ्नुपर्ने राष्ट्रपतिको भनाइ रहेको छ ।

“कसैले आफ्नो आँखा जोगाए जस्तै” वातावरण संरक्षण गर्नुपर्ने र “कसैले आफ्नै जीवनसँग व्यवहार गरे जस्तै” वातावरणसँग व्यबहार गर्नुपर्ने उनको भनाई थियो ।

वातावरणमा हानी तथा विनाश गर्ने विकासको ढाँचालाई पूर्णरुपमा अस्वीकृत गर्नैपर्ने र वातावरण खर्चमा छोटो अवधिका आर्थिक विकास बढाउने तरिकाले अभ्यास गरिरहेका प्रस्तावलाई विदाई गर्न सवै देश लागि पर्नुपर्ने पिङको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार