काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
-आजको कान्तिपुरमा सडकले नास्यो ट्रेकिङ रुट भन्ने शिर्षकमा समाचार छापिएको छ । ट्रेकिङको भर्जिन गन्तव्य क्व्होंलासोथरमा मोटर बाटो पुग्दै छ । गुरुङ जातिको यो आदिम थलोमा संघीय सांसदकै पहलमा डोजर चल्दै छ । सांसद खगराज अधिकारीका भनाइमा अबका केही वर्षभित्रै क्व्होंलासोथरमा मोटर चढेर पर्यटक पुग्नेछन् ।
-खुलामञ्चमा ठेकेदारकै दबदबा भन्ने शिर्षकमा समाचार छापिएको छ । टुँडिखेल खुलामञ्चमा आइतबार मध्याह्न जस्ताका संरचना जथाभावी फुटपाथमा थिए । पसलमा राखिने प्लाइवुड, काठका र्याक तथा घर्रा पनि छरपष्ट थिए । यस्तै अस्तव्यस्त वातावरणमा तीन वटा विभिन्न यातायात संघका टिकट काउन्टर देखिन्थे । यात्रु र यातायातका कर्मचारीबाहेक साना व्यापारी पनि देखिन्थे ।
नागरिक
-आजको नागरिकमा जग्गा लिजमा पूर्वाधार बनाउन समस्या भन्ने शिर्षकमा सविता श्रेष्ठको समाचार छापिएको छ । भरतपुर अस्पतालका नाममा ३० बिघा ११ कट्ठा ६ धुर जग्गा भए पनि आवश्यक पूर्वाधार निर्माणका लागि अस्पताललाई जग्गा अभाव बेहोर्नुपरेको छ। अस्पतालले उपभोग गर्ने जग्गा जम्मा ११ बिघा मात्र रहेको मेडिकल सुपरिटेन्डेन्ट प्रा।डा। कृष्णप्रसाद पौडेलले बताए। अस्पतालका नाममा रहेको बाँकी जमिन विभिन्न संस्थाले प्रयोग गर्दै आइरहेका उनको भनाइ छ।
-सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा भन्ने शिर्षकमा अर्जुन ओलीको समाचार छापिएको छ । रा ष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन्। बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
अन्नपूर्ण
-आजको अन्नपूर्णमा आन्दोलनले चिया उत्पादन घट्यो भन्ने शिर्षकमा राजेश बर्माको समाचार छापिएको छ । चिया बगानबाट समयमै हरियो पत्तिको पहिलो टिपाइ ९फस्ट फ्लस० नहुुँदा यो वर्ष तयारी चिया उत्पादन घटेको छ। सरकारले निर्धारण गरेको न्यूनतम पारि श्रमिक लागू गर्न माग गर्दै चिया मजदुर आन्दोलित भएपछि हरियो चियापत्ति टिपाइ घटेको हो। यस वर्ष तयारी चिया उत्पादन १५ प्रतिशत घटेको छ। तर, उद्योगी भने अझै न्यूनतम पारिश्रमिक दिन तयार छैनन्।
नेपाल समाचारपत्र
-नेपाल समाचारपत्रमा चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र बस्ने बाध्यता भन्ने शिर्षकमा समाचार छापिएको छ । जब आबाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरू हुन्छ तब पर्वतका एक थाउँका बासिन्दा ज्यान जोगाउनका लागी हतारहतार घरभित्र पस्न थाल्छन् ।