वायु प्रदूषण र जलवायु परिवर्तन : एउटै सिक्काको दुई पाटा

काठमाडौँ – ज्वालामुखी, भूकम्प, धुलो, आँधी र उल्काहरू पृथ्वीको बाहिरी सतहमा आएर ठोक्किनु प्राकृतिक घटना हो । जस्ले जलवायु परिवर्तन र वायु प्रदूषण निम्त्याउँछ।

आजभन्दा वर्षौँअगाडि पृथ्वीमा रहेका डाइनोसर लोप हुनु यसको एउटा राम्रो उदाहरण हो । एउटा विशाल उल्का पृथ्वीमा झरेर दशकौँसम्म सूर्यको प्रकाश अवरुद्ध गरेको जसले गर्दा पृथ्वीको बाहिरी सतहमा वर्षौँसम्म धुलो जमिरह्यो । त्यसकारण ‘फोटोसेन्थेसिस’मा कमी आयो र विरुवाहरू विकास हुन पाएनन् । सोही कारण अहिले डाइनोसर यो दुनियाँबाट लुप्त भएका छन् ।

यी बाहेक हामीले पनि हाम्रो जीवनशैलीमार्फत वायु प्रदूषण र विश्व तापमानमा वृद्धि ल्याइरहेका छौँ । हामी उत्पादन र खपत पहिलेभन्दा धेरै नै गरिरहेका छौँ । जसले गर्दा हरितगृह ग्याँस बढी उत्पन्न हुनुका साथै वायु प्रदूषक तत्वहरू जस्तै रसायन र साना कणले वायु प्रदूषणको कारक तत्व ब्ल्याक कार्बन उत्पन्न गराइरहेका छन्।

यद्यपि यी दुई धेरै फरक मुद्दा लाग्न सक्छ । तर जलवायु परिवर्तन र वायु प्रदूषणका बीच नजिकको सम्बन्ध छ। उदाहरणका लागि डिजेल इन्जिनबाट निस्कने कणले विश्वभर वायु प्रदूषण फैलिएको छ। यी कणहरू पृथ्वीको ध्रुवीय क्षेत्रसहित सबै भन्दा टाढाको स्थानसम्म पुग्छन् । जब यी कणहरू हिँउमा पुग्छन् तब क्रमश गाढा बन्दै जान्छन् जस्ले सूर्यको प्रकाशलाई कम प्रतिबिम्बित गर्छ । यो नै विश्व तापमान वृद्धिको मुख्य कारक हो। घट्दो तापक्रमले ‘सब–आर्टिक’ क्षेत्रमा विरुवाहरूलाई वृद्धि हुन प्रोत्साहन दिन्छ र ती विरुवाहरू हिँउ छेडेर उम्रन्छन् पनि । विरुवाको छायाँले सूर्यको किरण हिउँसम्म पुग्न नपाएपछि पृथ्वीको सतह अझ गाढा हुन्छ । जुन तापक्रम बढाउने प्रमुख तत्व बन्छ।

राम्रो समाचार यो छ कि वायु प्रदूषणको स्तरमा तत्काल परिवर्तन ल्याउन सके वातावरणमा तत्कालै सकारात्मक प्रभाव देखिन्छ । अत्यधिक शक्तिशाली वातावरणीय प्रदूषकहरू मिथेन, ट्रोपोस्फेरिक ओजोन, हाइड्रोफ्लोरोक्रोबोन र ब्ल्याक कार्बन कम गर्न चाँडो भन्दा चाँडो काम थालनी गर्नुपर्ने देखिन्छ । यसले खतरनाक जलवायु सूचकहरू, जस्तै कार्बनडाइअक्साइड र मिथेनको अपरिवर्तनीय र अनियन्त्रित निकास (आक्र्टिक पर्माफ्रस्ट) रोक्न सकिन्छ।

‘हामीले कार्बन्डाइअक्साइड जस्तै लामो समयसम्म बस्ने हरितगृह ग्याँसको कटौती जारी राख्नुपर्छ । वायु प्रदूषणलाई सम्बोधन गर्दा हामीले जलवायु परिवर्तनको लागि एक जटिल र सजिलो समाधानको पनि सम्बोधन गर्दछौँ । वातावरण प्रदूषकहरू सबै तहमा नकारात्मक छन् । हामीले आर्थिक रूपमा सार्थक प्रविधि र नीतिहरू सिद्ध गरेका छौँ । जस्ले वायु प्रदूषणलाई तुरुन्तै कम गर्न मद्दत गर्छ,’ संयुक्त राष्ट्र पर्यावरण जलवायु परिवर्तन विशेषज्ञ निकलास हगलबर्गले भने ।

हालको चिन्ताको विषय ट्राइक्रोलोपफ्लोरोमिथेन वा ‘CFC-11’ हो । ओजोन तहको रक्षा गर्न विश्वव्यापी सम्झौता हो । जुन विश्वव्यापी रूपमा मोन्ट्रियल प्रोटोकलअन्तर्गत फैलिएको छ । उदाहरणका लागि अवैध रूपमा प्रयोग गरिएको औद्योगिक ग्याँस, इन्सुलेशन सामग्रीे पनि विश्व तापमान वृद्धिको कारक मानिन्छ।

एरोसोल्स वातावरणमा प्रभाव कारकसँगै वायुमण्डलीय प्रदूषक अन्तराष्ट्रिय प्यानल जलवायु परिवर्तन (आईपीसीसी)द्वारा अक्टोबर २०१८ मा जारी रिपोर्टले विश्वव्यापी स्तरको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियससम्म राख्ने महत्वलाई जोड दिन्छ जुन पूर्व औद्योगिक युगको स्तर हो । यो लक्ष्य प्राप्त गर्न आवश्यक कार्य अबको १२ वर्षभित्र गर्नुपर्ने देखिन्छ।

एयरोसोल प्रकृतिबाट उत्पत्ति हुने एक तत्व हो । यस्ले विभिन्न तवरबाट वातावरणलाई असर पार्न सक्छ। ती मध्ये फैलिएका वा अवशोषित विकिरण (क्लाउड माइक्रोफिजिक्स) ले बादल र हिउँका सतहहरू बदल्न (अलबेडो) र जलवायु प्रतिक्रियामा मद्दत पु¥याउन सहयोग गर्ने पैनलको रिपोर्टले जनाएको छ ।

रिपोर्टले एरोसोललाई हवाई निकासको ठोस या तरल कण (जुन केही नैनोमिटर देखि १० माइक्रोनका बीचको हुन्छ) र धेरै समयका लागि वायुमण्डलमा रहने तत्वको रूपमा परिभाषित गर्दछ।

त्यस्तै रिपोर्टले मानव स्वास्थ्य, प्राकृतिक वा निर्मित वातावरणमा नकारात्मक प्रभावसँग वायुको गुणस्तर घट्नु, प्राकृतिक प्रक्रियाहरू वा मानव गतिविधिका आधारमा वायु गुणस्तरकमा गिरावट हुनु, वायुमण्डलका पदार्थ (ग्याँसहरू र एरोसोल) प्रत्यक्ष (प्राथमिक प्रदूषक) वा अप्रत्यक्ष (माध्यमिक प्रदूषक) रूपमा हानिकारक हुँदै जानुलाई वायु प्रदूषण भनेको छ।
युएन इन्भारमेन्टमा प्रकाशित लेखको भावानुवाद

ताजा समाचार

सम्बन्धित समाचार