कोशी र गण्डकबाट नेपाललाई पानी कति ?

काठमाडौँ – महालेखा परीक्षकको प्रतिवेदन २०७५ ले कोशी र गण्डक योजनाहरूबाट नेपालले तोकिएअनुसारको पानी नपाएको जनाएको छ।

प्रतिवेदन अनुसार कोशी र गण्डक योजनाहरुबाट तोकिएको परिमाणमा पानी प्राप्त गर्ने गरी भारत सरकारसँग सम्झौता र सम्झौताअनुसार कोशी पश्चिम नहरबाट नेपाललाई ७२० क्युसेक पानी प्राप्त हुनुपर्नेमा कम प्राप्त भएको छ । गण्डक पश्चिम नहरबाट ३०० क्युसेक पानी प्राप्त हुनुपर्नेमा असार महिनामा लिएको नापअनुसार ९२ देखि २१३ क्युसेक मात्र प्राप्त भएको देखिन्छ । हिउँदमा प्राप्त हुने पानी त्यसभन्दा पनि कम प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा मूल नहरबाट पानी आउने रेगुलेटरका तीन ढोकामध्ये १ ढोका शुरुदेखि नै बन्द रहेकोले पनि नेपालतर्फ तोकिएअनुसार पानी प्राप्त नभएको जनाइएको छ।

त्यसैगरी प्रतिवेदनले उक्त योजनाको कमाण्ड क्षेत्र ४० हजार एकड रहे तापनि १५ हजार एकडमा कमाण्ड क्षेत्रविकास नगर्नुका साथै गण्डक पूर्वी नहरबाट नारायणी सिँचाइ योजनाको लागि ८५० क्युसेक पानी प्राप्त हुनुपर्नेमा सिँचाइ व्यवस्थापन डिभिजनबाट प्राप्त २०७४ असार र श्रावणको पानीको विवरण अनुसार अधिकांश समय ७०० क्युसेकभन्दा कम पानी प्राप्त भएको देखाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार