Sunday, October 20, 2024

‘जनावर वढी चर्चामा हुनु वेफाइदा’

जनावरप्रतिको धारणको विषयमा गरिएको एक अध्ययनले जुन जनावर वढी चर्चामा रहेका छन् उनीहरु वढी खत्तरामा रहेका छन भन्नेबारेमा आम मानिस त्यति जानकार नरहेको देखाएको छ ।

विशेषत विभिन्न व्राण्ड तथा विज्ञापनमा हमेशा देखिने वाघ, हात्ती, सिंह लगायतका जनावरहरु पृथ्वीमा कति खत्तरामा छन् भन्ने जानकारी आम मानिसमा छैन् । अनुसन्धानकर्ताहरुले त्यस्तो विज्ञापन देखेर कतै यि जनावरहरुको संख्या वढीरहेको छ भन्ने भन्ने भ्रम आम मानिसमा पर्ने त होइन भनी शंका व्यक्त समेत गरेका छन् ।

विशेषत अनलाइन मार्फत चारवटा भाषा अङग्रेजी, स्पेनिस र फेन्च भाषामा कक्षा कोठाहरुमा सवैभन्दा चर्चित जनावरहरुको वारेमा सोधिएको थियो । आम मानिसको विचमा वाघ, सिंह, हात्ती, जिराफ पाण्डा लगायतका जनावरहरु वढी चर्चामा रहेका छन् ।

पिलओएस वायोलोजी नामक संस्थाले गरेको अध्ययनले आम मानसको नजरमा एकदमै चर्चित जनावरहरु उच्च जोखिममा रहेका छन् । अध्ययनका अनुसार विश्वव्यापी रुपमा धेरै संस्थाहरुले यि जनावरहरुको तस्वीर प्रयोग गरेर उनीहरुले एकदमै पूर्वाग्रही अवधारणको विकास गरिरहेका छन र त्यसले यि जनावरहरुको संरक्षणमा नकारात्मक असर गरिरहेको छ ।

अध्ययनले यि जनावरहरुको संरक्षणमा योगदान गरेर त्यस्तो पूर्वाग्रही अवधारणको क्षतिपुर्ती गर्नसक्छन् । यदि यि जनावरहरुको संरक्षणमा देखापरेका चुनौतीहरुको वारेमा पर्याप्त सुचना सम्प्रेषण सहितको अभियान सञ्चालन नगरेसम्म यो अवधारणा कायम नै रहने समेत अध्ययनले देखाएको छ । विशेषत यि जनावरहरुको संरक्षणमा आम मानिसको समर्थन र उनीहरुको परिचालन नै मुख्य समस्याको रुपमा रहेको अबस्थामा आम जनमानसमा यो अवधारणको विकास हुनु अर्काे चुनौती हो ।

उदाहरणको लागि सन् १९७० को अर्थ डेमा ऐक्यवद्धता जनाउँदै २० लाख मान्छे सडकमा आएका थिए तर अहिले त्यही मात्रामा सडकमा मान्छे ल्याउनु निकै कठिन काम भएको छ । धेरै चर्चामा भएका कारण लोकप्रिय जनावरहरुको संरक्षण राम्रोसंग भईरहेको होला भन्ने भ्रम धेरैमा रहेको हुनसक्ने अध्ययनले देखाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार