Monday, September 30, 2024

धुलो नियन्त्रण गर्न माग

कैलाली–धुलो नियन्त्रणको माग गर्दै स्थानीय तथा क्षेत्र नम्बर ५ का सासंदहरुले मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

प्रदेश सभा सदस्य,पूर्व मन्त्री दीर्घ बहादुर सोडारी तथा स्थानीयसहितको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई धनगढी हसनपुरदेखी स्याउले बजार सडकको धुलो नियन्त्रणको माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।

सडकमा खाल्डाखुल्डी, धुलो, आवश्यक चौडाइ नभएकोले आवतजावत गर्नमा अत्यन्तै कठिनाइ भएकाले चालु आर्थिक वर्ष भित्रै सडक कालोपत्रे गराउन दबाबका लागि ध्यानाकर्षण गराएको पूर्व मन्त्री सोडारीले बताए।

पूर्व मन्त्री तथा सङ्घीय सांसद लेखराज भट्ट, प्रदेश सभा सदस्य चुनकुमारी चौधरी, नेकपाका प्रदेश सदस्य उद्धव भट्टराई, पूर्वमन्त्री भट्टका स्वकीय सचिव हितेश ओझा, स्थानीय खडक बम, गजाधर सापकोटा लगायतको हस्ताक्षर सहित ध्यानाकर्षणपत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले सडकको लागत स्टीमेट तयार भैसकेको र चालु आर्थिक वर्ष भित्रै प्रक्रिया अघि बढाइने बताए।

ताजा समाचार

सम्बन्धित समाचार