Sunday, October 20, 2024

मानवजातिले प्रदुषण वढाएको विरोधमा अमेरिकी अधिवक्ताद्धारा आत्मदाह

वातावरण संरक्षण र समलिङ्गीहरूको अधिकारको क्षेत्रमा लामो समयदेखि काम गदै आएका अमेरिकाका एक चर्चित अत्रिवक्ता डेभिड वकेलले एक पार्कमा आत्मदाह गरेका छन् ।

विशेषत मानव जातिको कारण पृथ्वीका प्रदुषण वढेको र त्यसमा पृथ्वीको विनास वढेको भन्दै ६० वर्षिया उनले एक पार्कमा आत्मदाह गरेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । उनले आफ्नो आत्मदाहलाई ‘विरोध आत्मदाहको’ रुपमा व्यवख्या गरेका छन् ।

उनको मृत्युलाई धेरैले विश्वको वातवरण जोगाउन सबैले गम्भीर रुपमा सोच्नेवेला आएको भनी विश्वभर चर्चा भईरहेको छ । आत्मदाह अगाडी उनले अमेरिकी पत्रिकालाई आफुले आत्मदाह गर्नुको कारणवारे इमले लेखेका थिए । जसमा उनले भनेका छन, ‘हावापानी तथा माटोको वढ्दो प्रदुषणले पृथ्वीलाई खत्तरातर्फ धकेलिरहेको छ ।’

‘जैविक इन्धनका कारण प्रदुषित स्वास फेरिरहनु परेको छ । नतिजास्वरूप अल्पायुमै मर्नुपरेको छ। मेरो जैविक इन्धनको प्रयोगबाट अल्पायुमै भएको मृत्युले हामीले के गरिरहेका छौँ भन्ने जानकारी सवैलाई दिने छ’ उनले इमेलमा भनेका छन् । उनले आफ्नो सम्मानित मृत्युले अरुलाई भविस्यमा सहयोग गर्ने वताएका छन् । उनले आफ्नो मृत्युले वातावरण जोगाउन सबै सजग हुने समेत वताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार