Sunday, October 20, 2024

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पटेर्वासुगौली गाउँपालिका–१ स्थित पर्सा बन्यजन्तु आरक्षण भित्र रहेको दुधेश्वर नाथ महादेब मन्दिर नजिक जंगली हात्तीले आक्रमण गर्दा शुक्रबार २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट मृत्यु हुनेमा बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने ३१ बर्षीय कम्लेश सहनी र ठोरी गाउँपालिका–४ शान्तिटोल बस्ने ३५ बर्षीय साग बहादुर दोङ छन् । घाइते ३२ बर्षीय बिर बहादुर दोङको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार