काठमाडौँ – नुवाकोटको ककनीस्थित ऐतिहासिक बसन्ती दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। पृथ्वीनारायण शाहले विक्रम संवत् १८०१मा नुवाकोट विजयपश्चात काठमाडौँ आवतजावत गर्दा बस्नका लागि बनाएको बसन्ती बाग अहिले बसन्ती दरबारका रुपमा चिनिन्छ।
कुनैबेला नेपालकै सान रहेको उक्त दरबार मर्मत संभारको अभावमा अहिले भत्किएको छ भने वरपरका अन्य भवन ध्वस्त भइसकेका छन्।
पुरानो शैलीको उक्त दरबारमा संरक्षण नहुँदा भित्ता चिरै चिरा परी घांसहरु उम्रेको छ भने छानो सबै भत्किएको छ।





