Sunday, October 20, 2024

महानगरमा ३० हजार बोटविरुवा रोपिदै

काठमाडौं महानगरपालिकाले जेठको अन्तिम सातादेखि सहरका प्रमुख सडक छेउछाउमा बोटविरुवा रोप्ने कार्यको थालनी गर्ने भएको छ ।

महानगरले ‘काठमाडौं बृहत वृक्षारोपरण कार्यक्रम २०७५’अन्तर्गत ३० हजार बोटविरुवा रोप्न लागिएको जानकारी दिएको छ । स्थानिय निर्वाचनको दौरानमा नगर प्रमुख विद्यासुन्दर शाक्य हरियाली काठमाडौं बनाउने एजेण्डा लिएर जनताको घरदैलोमा भोट माग्न पुगेका थिए ।

हरियाली शहर बनाउने सपना देखाएका मेयर शाक्यको वाचा पुरा गर्न आ.व.२०७४/७५ को जेठ अन्तिम साताबाट ३० हजार बोटविरुवा रोप्ने योजना वनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

महानगरपालिका वातावरण व्यवस्थापन विभागका विभागीय प्रमुख हरिबहादुर कुँवरले मेयर शाक्यका कार्यक्रम अन्तर्गत विभिन्न महानगरपालिकाभित्रका सडक किनारामा बोटविरुवा रोप्ने तयारी भैरहेको हाकाहाकीलाई जानकारी दिए ।

प्रमुख कुँवरका अनुसार त्रिपुरेश्वरदेखि महाराजगञ्ज लगायतका स्थानका सडक किनारामा बोटविरुवा रोपिने छन् । ‘काठमाडौं महानगरपालिकाभित्रका रोडसाइड जहाँ सडक विस्तार तथा ढल निकास भैसकेकोको स्थानमा बोटविरुवाहरु रोपीने छ’,प्रमुख कुँवरले भने ।

महानगरपालिकाभित्रका ५० किलोमिटर भन्दा बढी सडक किनारामा ती बोटविरुवा रोप्ने योजना रहेको प्रमुख कुँवरले बताउँछन् । ‘अहिले कुन–कुन बोटविरुवा रोप्ने भनेर होमअर्क भैरहेको छ । तर नेपालमा पाईन प्रजातिका बोटविरुवाहरु रोपिने छ’, प्रमुख कुँवरले भने ‘३० हजार बोटविरुवा मुख्य सडक र छोटो दुरीका सडकहरुमा वृक्षारोपरण हुन्छ ।’

खेमा बस्नेत–

ताजा समाचार

सम्बन्धित समाचार