यसरी गरियो नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण(भिडियो)


काठमाडौँ
– नेपालले पहिलो पटक आफ्नै भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । विहीबार बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियाबाट उक्त स्याटलाइट प्रक्षेपण गरिएको हो।

‘नेपालीस्याट १’ नामाकरण गरिएको यो भू–उपग्रह अन्तरिक्षमा एक महिना बसेर नेपाली आकाशमा आइपुग्ने छ।

यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिर र सूचनाहरू प्राप्त गर्न सकिने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले जनाएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो स्याटलाइट अन्तरिक्षमा पुगेकोमा खुशी व्यक्त गरेका छन्। उनले ट्वीट गर्दै पहिलो स्याटलाइट प्रक्षेपणले नेपालको प्रतिष्ठा बढेको बताएका छन्। त्यसका साथै उनले उक्त स्याटालाइट निर्माणदेखि प्रक्षेपणसम्मको कार्यमा संलग्न सम्पूर्णलाई बधाइ समेत दिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार