Sunday, October 20, 2024

सम्पदा सरसफाई अभियान शुरु

काठमाडौं उपत्यकामा रहेका सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक वनाउने लक्ष्यका साथ सरसफाई अभियानको थालनी गरिएको छ ।

विश्व सम्पाद दिवसको उपलक्ष्यमा शुरु गरिएको यो अभियान आगामी ५ गतेसम्म जारी रहने छ । सो अभियानको पहिलो दिन आइतवार हनुमानढोकोखि भुरुङखेलसम्म सरसफाई गरिएको छ । हनुमान ढोकादेखि स्वयम्भुसम्मका ऐतिहासिक महत्वका सम्पदालाई सम्पदा मार्गको रुपमा प्रयोग गर्ने अभियान यस अगाडी नै सार्वजनिक भईसकेको छ ।

विश्व सम्पदा उत्सव मूल समारोह समितीले आयोजना गरेको कार्यक्रममा राजनितिक दल, कलाकार, सुरक्षा निकाय तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । आगामी वैशाख ८ गते सम्पदायात्राको आयोजना तय भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार