Monday, September 30, 2024

यी हुन् सुदूरपश्चिमका सुन्दर दुई पुल (फोटो फिचर)

काठमाडौँ – पुल भन्ने बित्तिक्कै कुनैपनि खोलानाला तथा ठूला नदी आरपार गर्न बनाइएको संरचना भन्ने बुझिन्छ।
पुलले नदी आरपार गर्न सहज बनाउनुका साथै उक्त क्षेत्रको सुन्दरतालाई निखार्ने काम पनि गरिरहेको हुन्छ। देशभर विभिन्न स्थानमा यस्ता पुलहरू छन् जसले नदी पार गराउनुका साथै उक्त क्षेत्रको सुन्दरतालाई बढाएको छ।

सुदूर पश्चिम रहेका दोधारा चाँदनी र कर्णाली पुलले पनि नेपालकोे सुन्दरतालाई बढाउन मद्दत पुर्याएको छ । दोधारा चाँदनी पुल जस्लाई माहाकाली पुल भनेर पनि चिनिन्छ । नेपालको सबैभन्दा लामोे उक्त झोलुङ्गे पुल कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको छ।

त्यसैगरी सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न क्षेत्रलाई जोड्ने कर्णाली पुलले पनि देशको विकासमा मद्दत पुर्‍याइरहेको छ। उक्त पुलले नेपालको सुदूर तथा मध्य पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरू सुर्खेत, अछाम, बाजुरा, दैलेख र कर्णाली अञ्चलका पाँचवटै जिल्लाहरूको मुख्य व्यापारिक स्थलहरूलाई जोड्छ। तस्बिर सबै : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार