Monday, September 30, 2024

पत्रपत्रिकामा आज : बेमौसमी बाढीले वितण्ड, नयाँ जातको गहुँको बीउ तयार

काठमाडौं : आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।

आजको नागरिकमा नक्साबिनै सडक भन्ने शिर्षकमा दिनेश सुवेदीको समाचार छापिएको छ । गाउँमा सरकार आएसँगै नजिक आएको प्रशासन विधिपूर्वक काम गर्छ की भन्ने जनअपेक्षामा तुवाँलो लागेको छ । विकासको नाममा जबर्जस्ती खनिएका सयौं किलोमिटर सडक मापदण्डविपरीत हुँदा पनि कसैले चासो दिएको छैनन् । वातावरणीय हिसाबलेमात्र नभएर प्राविधिक हिसाबले पनि उपयुक्त नदेखिएको मोटरबाटोले पार्ने दीर्घकालिन नकरात्मक असरका विषयमा सबै मौन छन् । जिम्मेवार पक्षबाट प्राविधिक मूल्यांकन बिना जथाभावी बनाइएका सडकहरुको आनुगमन हुने गरेको छैन् ।

आजको नागरिकमा ढलान भएको दुई दिनमै पक्की पुल गल्र्यामगुर्लुम शिर्षकमा शिवलाल सुवेदीको समाचार छापिएको छ । जिल्लाको बडीगाढ खोलामा निमार्णधीन पक्की पुल ढलान गरेको दुई दिनमा भत्किएको छ । मुसिकोट नगरपालिका ३ र ७ को वाडागाउँ र वामी जोड्ने भेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्कएको हो । तत्कालिन जिल्ला प्राविधिक कार्यलय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रकसन प्रलिले निर्माण गर्दै गरेको सो पुल शुक्रबार ढलान गरिएको थियो ।

आजको गोरखापत्रको अर्थबजारमा नयाँ जातको गहुँको बीउ तयार भन्ने शिर्षकमा समाचार छापिएको छ । परम्परागत बीउहरु प्रयोग गरेर उत्पादन बढाउन नसकेका बाँके र बर्दियाका गहुँखेती गर्दै अएका किसानका लागि थोरै क्षेत्रफलमा धेरै उत्पादन दिने जातको पोषणयुक्त गहुको बीउ तयार गरिएको छ ।

आजको गोरखापत्रमा गलकोट, जैमिनी क्षेत्रमा बाढीको वितण्डा शिर्षकमा चन्द्रप्रकाशको समाचार छापिएको छ । बागलुङको जैमिनी र गलकोट क्षेत्रमा हालै आएको बेमौसमी बाढीले वितण्ड मच्चाएको छ । असिना सहित परेको वर्षापछिको बाढीले मध्य बागलुङ गलकोट र दक्षिण बागलुङको जैमिनी क्षेत्रमा वितण्ड मच्चाएको हो । बाढीले गलकोट नगरपालीका क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्याएको छ । असिनासिहतको पानीका कारण गलकोट क्षेत्र भएर बग्ने गौदी खोला, दरमखोला, जैमिनी क्षेत्रको ठेउलेखोला र जुम्लीखोलामा भीषण बाढी आएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार