Monday, September 30, 2024

पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा हुरी बताससहित वर्षाको प्रक्षेपण

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्याङ तथा हुरी बताससहित वर्षा र असिनापानी हुने तथा तराईका केही स्थानहरूमा हुरीबतासको सम्भावना रहेको जनाएको छ। महाशाखाले आइतबार बुलेटिन जारी गरी आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ।

मंगलबार
दिउँसोः देशका पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ तथा हुरीबतास सहित वर्षा र असिना पानीको सम्भावना छ। पश्चिमी तथा मध्य तराईका स्थानहरूमा हुरीबतासको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति :पश्चिमि भू–भागमा धेरै जसो स्थानमा र पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङ तथा हुरी बताससहित वर्षाको र असिनापानीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधवार
दिउँसोः देशको पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरूमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरूमा चट्याङ तथा हुरी बताससहित वर्षा र असिनापानीको सम्भावना छ। देशको तराईका स्थानहरूमा हुरी बतासको सम्भावना रहेको देखिन्छ भने,उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हिमपातको सम्भावना रहेको छ।

राति :देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरूमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्याङ तथा हुरीबताससहित वर्षा र असिनापानीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हिमपातको सम्भावना रहेको छ।

बिहीबार
दिउँसोः पश्चिमी क्षेत्रका केही क्षेत्रहरूमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

रातिःदेशको पहाडी भेगमा आंशिक बदली रही देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरूमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

ताजा समाचार

सम्बन्धित समाचार