Sunday, October 20, 2024

शहिद पार्क निर्माण गर्न वातावरण मन्त्रालयको स्वीकृति

ललितपुर जिल्लाको देउराली भञ्याङमा ११/२ हेक्टर जग्गामा शहिद पार्क वनाउन जनसंख्या तथा वातावरण मन्त्रालयले स्वीकृति दिएको छ ।

गोदावरी क्षेत्रलाई पर्यावरणिय पर्यटन क्षेत्रको रुपमा विकास गर्न युवा जागरण पर्यावरणीय मञ्च र फुल्चोकी एकिकृत विकास कार्यक्रमले विभिन्न पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ । सो पार्क निर्माणको वातावरणीय प्रभाव मुल्याङकन सम्पन्न भएपछि स्वीकति दिइएको हो ।

गोदावरी नगरपालिका वडा.न.२ र महालक्ष्मी नगरपालिका वडा.न. ९ र १० भित्र पर्ने पूर्व माथिल्लो पात्लेको सिमाना, पश्चिममा पात्लेछाप बाट गोदावरी आउने सडक बाटो, उत्तर कोट गाउ जाने बाटो, दछिण चापाखर्क जाने बाटो यति चार किल्लामा पार्क निर्माण हुन थालेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार