Monday, September 30, 2024

लुक्लामा जहाज दुर्घटना :तीन जनाकोे मृत्यु

काठमाडौँ –लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना हुँदा तीन जनाको मुत्यु भएको छ।

विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा जहाजका कोपाइलट सुजित ढुङ्गाना र विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो। भने,विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको काठमाडौँ ल्याइएपछि उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा उक्त जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरको हेलिकप्टरका पाइलट चेत गुरुङ र जहाजकी एयर होस्टेज रश्मि लामालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।जहाजमा चालकदल बाहेक यात्रु भने थिएनन्।

ताजा समाचार

सम्बन्धित समाचार