काठमाडौँ – नयाँ वर्षका लागि एक दिन बाँकी रहँदा ललितपुरको भैँसेपाटीमा शुभकामना आदानप्रदान गर्दै दौड कार्यक्रम गरिएको छ।

क्लव अफ भैँसेपाटी, पशुपतिनाथ संरक्षण समिति र लालिगुँरास युवा क्लवको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा करिब ५सय जना सहभागी भएको आयोजक समितिको भनाइ छ।

शनिबार विहान सात बजेटबाट शुरु भएको उक्त कार्यक्रमको मुख्य उद्देश्य नयाँ वर्षको शुभकामना आदानप्रदानका साथै ‘दौडौँ स्वस्थ रहौँ’ भन्ने सन्देश प्रवाह गर्नु रहेको अयोजक क्लव अफ भैँसेपाटीका सुमन महत बताउँछन्।






