Monday, September 30, 2024

जर्मनीको उर्जा प्रणालीमा परिवर्तन सम्बन्धी फाेटाे प्रदर्शनी शुरू (फाेटाे फिचर)

काठमाडौँ – नेपालस्थित जर्मन राजदूतावासले आयोजना गरेको उर्जासम्बन्धी १६ दिने प्रदर्शनी शुक्रबारदेखि ललितपुरमा शुरु भएको छ।

‘जर्मन उर्जा रुपान्तरण : जर्मनीको उर्जा प्रणालीमा परिवर्तन’ नाम दिइएको उक्त प्रदर्शनीलाई नेपाल सरकारद्वारा वातावरण अनुकुल उर्जा प्रवद्र्धनमा गरिएको सकारात्मक प्रयासहरूको सराहना गर्ने अवसरको रुपमा प्रयोग गरिएको आयाेजक जर्मन दूतावासले बताएकाे छ।

पुल्चोक इन्जिनियरिङ कलेजको सूचना प्रविधि केन्द्रमा शुक्रबारबाट शुरु भएको उक्त प्रदर्शनी अप्रिल २६ सम्म चल्नेछ।

सर्वसाधारणका लागि समेत खुला गरिएको उक्त प्रदर्शनीमा नेपाली र जर्मन नागरिकबीचको ६० वर्ष पुरानो मित्रतालाई फोटोमार्फत देखाउने प्रयास गरिएको दूतावासकाे भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार