Tuesday, October 1, 2024

हात्तीको दाह्रा र कस्तुरीको वीनासहित पाँच पक्राउ

काठमाडौँ–केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजले हात्तीको दाह्रा र कस्तुरीको वीनासहित पाँच जनालाई पक्राउ गरेको छ।

महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३ सामाखुसीबाट करिब २ सय २९ ग्रामको हात्तीको दाह्रा १ थानसहित चार जनालाई मङ्गलवार पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा धादिङ, थाक्रे गाउँपालिका–१० बस्ने २५ वर्षीय विकाश तामाङ, काभ्रे पनौती नगरपालिका–३ का ३२ वर्षीय कुमार तामाङ लामा, नुवाकोट ककनी गाउँपालिका–६ का ३८ वर्षीय राजकुमार लामा र खोटाङ बाह्रपोखरी गाउँपालिका–४ का ३१ वर्षीय फर्सुराम राई रहेको प्रहरीले बताएको छ।

यसैगरी ब्युरोबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोंगबु बसपार्कबाट कस्तुरीको वीना २५ ग्रामसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–९ का ४० वर्षीय खिमबहादुर घर्ती मगर रहेका छन्। उनलाई प्रहरी चैत १७ गते पक्राउ गरेको जनाएको छ।

पक्राउ व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार