Tuesday, October 1, 2024

‘निजी क्षेत्रले विद्युतीय बस उत्पादन गर्न चाहे सरकार सहयोग गर्न तयार’

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले विद्युतीय बस उत्पादन गर्न चाहे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता पनि उत्साहित भएको बताए।

प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक निजी साझेदारीमा काम गर्न इच्छुक रहेको बताएका छन्। ‘अहिले सरकार पब्लिक प्राइभेट पार्टनरसीपमा काम गर्न सरकार विल्कुलै तयार छ। त्यसका लागि प्राइभेट सेक्टर भन्दा सरकार बढी उदार छ,’उनले भने।

प्रधानमन्त्रीले त्यसका लागि कुन कुन ऐन कहाँ कहाँ संशोधन गर्नुपर्छ सरकार तयार रहेको पनि समेत बताए।

ताजा समाचार

सम्बन्धित समाचार