Sunday, October 20, 2024

राराको मौलिक स्वच्छता संकटमा पर्न लागेको भन्दै सोसल मिडियामा चिन्ता

प्रधानमन्त्री केपी ओलीले शनिवार राराबाट गरेको सम्वोधनको सोसल मिडियामा निकै चर्चा भईरहेको छ । प्रधानमन्त्री ओलीको सम्वोधनको विषयवस्तुको वारेमा मिश्रित प्रतिक्रिया देख्न पाइन्छ सोसल मिडियामा ।

प्रधानमन्त्री, मन्त्री, नेता र पत्रकारसहितको ठूलै टिम त्यहाँ पुगेको थियो । रारामा देखिको पछिल्लो तामझामले कतै रारामा प्रदुषण वढ्ने र त्यहाँको प्राकृतिक सौन्दर्य विग्रने त होइन भनी सोसल मिडियामा चिन्ता व्यक्त हुन थालेका छन् । धेरैले रारा पनि फेवातलजस्तै अतिक्रमणको चेपुवामा पर्ने त होइन भनी चिन्ता व्यक्त गर्न थालेका छन् ।

सोसल मिडिया प्रयोगकर्ताले राराको प्राकृतिक स्वच्छतालाई कायम राख्न आग्रह गरेका छन् । त्यसैगरी प्रधानमन्त्री सम्वोधनपछि त्यहाँ वढेको फोहोरलाई नहटाइएको भनी सोसल मिडियामा सरकारको आलोचना भईरहेको छ ।

पूर्व सचिव कृष्ण ज्ञावली ट्वीटरमा लेख्छन,‘जे डर थियो र अझै छ, त्यै होला जस्तो छ । रारालाई फेवामा परिणत गर्न कम्मर कसेर लाग्नुअघि फेवाको प्रदुषण, अव्यवस्था र जग्गा अतिक्रमणबाट पाठ सिक्नु जरुरी छ । नत्र राराको मौलिक स्वच्छता, शुद्धता र सौन्दर्य गम्भीर संकटमा पर्ने छ ।

स्तम्भकार दीनकर नेपालले त राराको फोहोरको दुईवटा फोटो नै राखेर चिन्ता व्यक्त गरेका छन् । उनले ट्वीटमा भनेका छन, ‘रारामा कार्यक्रम सकिएपछिको सरसफाई गरिएको छैन, राष्ट्रिय निकुञ्जको सरसफाई गर्ने काम नेपाली सेनाको हो ।’

शिक्षक मासिकका सम्पादक एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पनि राराको सौन्दर्य विग्रने हो कि भनी चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो ट्वीटमा भनेका छन,‘रारालाई फेवामा परिणत गर्न खोज्नु महाभुल हुन्छ । रारालाई रारा नै, त्यो पनि प्राकृति स्वरुपमै राख्न सक्नु चाहि संरक्षण र विकास दुवै हो । ५० वर्ष पछिको पछिको पुस्ताले भन्न पावस–रारा ५० वर्ष पहिले जस्तै छ । त्यस्तो रारा हेर्न कति मान्छे ओइरिदा हुन त्यतिवेला, त्यो पनि टाढावाटै ।’

सामाजिक सञ्लामा राराको बारेमा चिन्ता उत्पन्न भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्यमन्त्री रवीन्द्र अधिकारीले त्यो विषयलाई सम्वोधन गदै राराको सुन्दरताको वारेमा ध्यान दिइएको उल्लेख गरेका छन् । उनले भनेका छन, ‘राराको स्वच्छता, संरक्षण र सरसफाईमा ध्यान दिइएको छ । राराको वरिपरी कुनै पनि निर्माण नगरीने व्यवस्था मिलाइएको छ ।’

धेरैले रारालाई फेवातालसंग जोडेपछि शिरोमणि ढुंगानाले फेवातालकै अतिक्रमण पनि रोक्नुपर्ने वताएका छन । उनले ट्वीटमा भनेका छन, ‘वलियो सरकार आईसकेको अबस्थामा फेवाकै अतिक्रमण पनि रोक्नु प¥यो नि । शक्तिशाली व्यापारीहरुसंग सरकार झुक्नु भएन । अतिक्रमित भुमि फिर्ता लिन सक्नुप¥यो ।

ताजा समाचार

सम्बन्धित समाचार