Tuesday, October 1, 2024

पानी उद्योगमा सिल

कैलाली–खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले एक पानी उद्योगमा सिल गरेको छ।

कार्यालयले धनगढी उपमहानगरपालिका–१, शिवनगरमा रहेको एमडी आरओ शुद्ध पिउने पानी उद्योगमा सिल गरेको जनाएको छ।

कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरको नेतृत्वमा गएको टोलीले उद्योगले प्रशोधित पिउने पानी निर्देशिका २०७४ पालना नगरेको भन्दै सिल गरेको हो।

उद्योगमा रहेका दुई ट्यांकीका चारवटा धारामा सिलबन्दी गरेको छ। उद्योग बारेमा उजुरी परेपछि कार्यालयले छापा हानेको अधिकृत कुँवरले बताए।

उद्योगले प्रशोधित पिउने पानी भर्ने जारमा लेबल विवरण उल्लेख नगरेको, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट विगत दुई वर्षदेखि अनुज्ञापत्र नवीकरण समेत नगरेको पाइएको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार