Tuesday, October 1, 2024

तराईको तातो हावा मानवस्वास्थ्यका लागि चुनौती

काठमाडौं–नेपालको तराईका जिल्लामा तातो हावा अर्थात् लु मावनस्वास्थ्यका लागि अझ चुनौती बन्दै गएको एक अध्ययनले देखाएको छ।

विश्व स्वास्थ्य संगठनको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले बढ्दो तापक्रमले स्वास्थ्यमा समस्या पनि बढ्दो क्रममा रहेको औँल्याएको हो।

जल तथा मौसम विभागको सहयोगमा सन् १९८७ देखि २०१६ सम्मको तथ्याङ्क अध्ययन गरिएकोमा गर्मी बढ्ने क्रममा रहेको र देशको दक्षिणी भेगमा गर्मी रात, अग्रिम मनसुन र मनसुनको समयमा वर्षा धेरै हुनेगरेको समेत प्रतिवेदनमा उल्लेख छ।

तीन जिल्लाका ३ सय १८ सहभागील सहभागी अध्ययनमा  ५० प्रतिशत सहभागीमा बढ्दो तापक्रमले स्वास्थ्यमा समस्या देखिएको प्रतिवेदनले औल्याएको छ ।

प्रतिवेदन भन्छ, ‘तराई–मधेशमा गर्मीलहरको जोखिम उच्च हुँदै गएको छ । यससित जुध्न समयमै समस्या सम्बोधन हुनु जरुरी रहेको छ।’

ताजा समाचार

सम्बन्धित समाचार