Tuesday, October 1, 2024

गैँडाको आक्रमणबाट पर्यटकसहित दुई जना घाइते

चितवन– चितवन राष्ट्रिय निकुञ्जको एउटा गैँडाको आक्रमणबाट विदेशी पर्यटकसहित दुई जना घाइते भएका छन्।

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने दूधौरामा सोमबार बिहान गैँडाको आक्रमणबाट अष्ट्रेलियन नागरिक विलियम पेटर एकम्यानस र पथ प्रदर्शक सौराहा ओदाराका जितु महतो घाइते भएको निकुञ्जका गेम स्काउट दीपक कुमालले जानकारी दिए।

विदेशी पर्यटकको अवस्था गम्भीर रहेको छ भने महतोको अवस्था खतरामुक्त रहेको कुमालले बताए।  डुङ्गा सयरपछि जङ्गलमा पैदलयात्रा गर्न गएका पर्यटकलाई बच्चासहित रहेको गैँडाले लखेटेर आक्रमण गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार