Tuesday, October 1, 2024

महानगरद्वारा दमकल खरिदका लागि १३ करोड रकमान्तर

ललितपुर– काठमाडौँ महानगरपालिकाले दमकल खरिदका लागि १३ करोड रुपैयाँ रकमान्तर गरेको छ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका अनुसार  चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको रकममध्ये १३ करोड दमकल खरिद र १० करोड ब्रुमर खरिद शीर्षकमा रकमान्तर गरिएको छ। महानगरको चौथो नगरसभाले  कुल ६७ करोड १० लाख रकम तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रमका लागि रकमान्तर गरेको हो।

त्यसैगरी सङ्घीय संसद कोषबाट सञ्चालन हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, प्रदेश सरकारको सशर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रम, जग्गा विकास कार्यक्रम लगायतका शीर्षकमा पनि रकम थप गरिएको मेयर शाक्यले जनाए। महानगर विशेष कार्यक्रम अन्तर्गत शीर्षकको रकम कम गरिएको छ।

 यससँगै हनुमानढोका दरबार संरक्षण कार्यक्रमको ३९ लाख रुपैयाँ बजेट पनि रकमान्तर गरिएको छ। 

सम्बन्धित समाचार : ब्रुमरपछि तीनवटा दमकल खरिद गर्दै काठमाडौं महानगर

ताजा समाचार

सम्बन्धित समाचार