Sunday, October 20, 2024

हाम्रो हावा र पानी औषधी सरह : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले नेपालको हावा र पानी औषधी सरह भएको वताएका छन् ।

नयाँ वर्षको अवसरमा नेपालको ठूलो र मनमोहक रारा तालको किनारबाट शनिवार देशवासीलाई सम्वोधन गदै ओलीले स्वच्छ वातावरण सरकारले एक प्रमुख प्राथमिकता भएको घोषणा गरे ।

‘प्रदूषण र दूषित खाद्यका कारण अहिले संक्रामक सरुवा रोगबाट मात्रै हैन, नसर्ने रोगको महामारीबाट समेत हाम्रा जनता पीडित छन् । उनीहरुको स्वास्थ्यका बारेमा चासो राख्नु राज्यको दायित्व हो । स्वास्थ्य भनेको अस्पताल र ट्याब्लेट मात्रै हैन, स्वच्छ हावापानी, स्वच्छ वातावरण, स्वच्छ खानपान, उचित आनिबानी र दिनचर्या पनि हो,’ प्रधानमन्त्रीले भने ।

उनले अगाडी भने,‘एकचोटी सोचौँ– हिउँ पग्लिएर हामी कहाँ ओखतीको जरा पखाल्दै पानी बग्छ । औषधि पखाल्दैपखाल्दै बगेको पानी खनिजसँग मिसिँदै मिनरल पानी हुँदै आउँछ । हाम्रो हावा र पानी यसरी औषधि छन् । जहाँको खानेकुरा स्वस्थकर र पवित्र छ, प्रदूषित छैन, त्यहाँका मानिस आज रोगी रु यो कसरी हुन्छ ? अब यो स्थितिको अन्त्य गर्नै पर्छ ।’

प्रधानमन्त्रीले स्वास्थ्यको सन्दर्भमा नेपाललाई केही वर्ष्भित्र आर्गनिक नेपाल नेपाल वनाउने घोषणा गरे । ‘नेपालको हावा–सही अर्थमा प्राण वायू नेपालको पानी–जीवन जल । हाम्रो नीति उपचार केन्द्रित हैन–आरोग्यता केन्द्रित १ मौलिक अधिकारका रुपमा प्रत्याभूत आधारभूत स्वास्थ्यमा लगानी वृद्धि गरिनेछ । स्थानीय सरकार र समुदायसँग मिलेर प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तीमा यो अधिकारको व्यवहारिक कार्यान्वयन गरिनेछ,’ ओलीले भने ।

ताजा समाचार

सम्बन्धित समाचार