कर्णालीमा र्‍याफ्टिङ ज्याम्बोरी (फाेटाे फिचरसहित)

कैलाली–कर्णाली नदीमा ‘कर्णाली र्‍याफ्टिङ ज्याम्बोरी’ सुरु भएको छ।

कर्णाली र्‍याफ्टिङ ज्याम्बोरीको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटनसँगै ऊर्जाको विकास गरी कर्णाली नदीको सदुपयोगबाट सुदूरपश्चिम प्रदेशको विकास गर्न सकिने बताए।

‘कर्णालीमा मोटर बोड चलाउन लगानीकर्ता इच्छुक छन्। त्यसैले यसका लागि तपाईहरू तयार हुनुहोस्,’ उनले भने, ‘प्रदेश सरकारले आफैँ लगानी गरी व्यवस्थापन गर्न पनि तयार छ।’ कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टामा जिल्ला समन्वय समिति कैलालीले आयोजना गरेको र्‍याफ्टिङमा पाँच सय बढी आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहेको थियो।

कर्णाली नदीको सोल्टादेखि चिसापानीसम्म करीब २३ किलोमिटरको जलयात्रा ३ घण्टा लागेको थियो।  जलयात्रामा कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, सुर्खेत, सल्यान, बर्दिया र बाँके जिल्लाका जनप्रतिनिधि,उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, राजनीतिककर्मी, सञ्चारकर्मीसँगै भारतीय पर्यटकको सहभागी थिए।

जिल्ला समनवय समिति कैलालीले पहिलो दिन एक सय ११ वटा डुंगा एकैसाथ चल्ने बताएको थियो। तर,करीब ६० को सङ्ख्यामा डुंगा चलेका थिए। र्‍याफ्टिङ ज्याम्बोरी २५ गतेसम्म सञ्चालन हुने छ। र्‍याफ्टिङमा सहभागीले कर्णालीमा र्‍याफ्टिङ राम्रो सम्भावना रहेको र सोल्टासम्म पुग्ने सडक निर्माणमा सरकारले चासो देखाउनु पर्नेमा बताएका थिए। सडक बने दैनिक कर्णालीमा र्‍याफ्टिङ गर्नको संख्यामा वृद्धि हुने उनीहरूले बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार