Tuesday, October 1, 2024

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने तथा तराईका केही स्थानहरूमा हुरीबतासको सम्भावना रहेको जनाएको छ। महाशाखाले आइतबार बुलेटिन जारी गरी आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ।

आइतबार
दिउँसोः देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी भु–भागका थोरै स्थानहरूमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी र मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी भु–भागका १–२ स्थानहरूमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेको छ साथै, तराईका केही स्थानहरूमा हुरी बतास चल्ने छ।

सोमबार
दिउँसोः देशको पूर्वी भू–भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १–२ स्थानहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा हुरी बतास चल्ने सम्भावना छ।

मंगलबार

दिउँसोः देशको पूर्वी भू–भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १–२ स्थानहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। साथै, पूर्वी तराईका केही स्थानहरूमा हुरी बतास चल्ने सम्भावना रहेको छ।

रातिः देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी तथा मध्य तराईका केही स्थानहरूमा हुरी बतास चल्ने सम्भावना रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार