Sunday, October 20, 2024

गगन थापाद्धारा सरसफाई अभियान शुरु

नेपाली काङग्रेस क्षेत्र नं ४ का सभासद गगन कुमार थापाले सरसफाई अभियान शुरु गरेका छन् ।

‘म वन्छु जिम्मेवारः कर्तव्यसंगै अधिकार’ सरसफाई अभियानको धोषणा शताव्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए । अभियानको शुरुवात गदै थापाले मेचीदेखि महाकालीसम्मका सवै स्थानिय तह र प्रादेशि सरकारले सरसफाई अभियान चलाउनुपर्ने वताए । यो बर्षभरी आफ्नो निर्वाचन क्षेत्रमा ‘हरेक महिना एक विहान, समुदायको लागि श्रमदान” कार्यक्रम संचालन गरिने थापाले जानकारी दिए । अभियान अन्तर्गत पहिलो कार्यक्रम शनिवार ज्ञानेश्वर देखि चावहिल सम्म बृहत सरसफाई कार्यक्रम गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार