पत्रपत्रिकामा आज : उपत्यकामा घट्दैछ हरियाली, सडकमा प्रदूषण जाँच

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
– आजको कान्तिपुरमा सडकमा प्रदूषण जाँच शिर्षकमा दीपेन्द्र विष्टको समाचार छापिएको छ। वातावरण प्रदूषणले दक्षिण एसियाली मुलुकका बालबालिकाको औसत आयुमा साढे २ वर्षले कमी आउने अमेरिकी रिपोर्ट सार्वजनिक भएकै बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण गर्न तीन महिने विस्तृत कार्ययोजना घोषणा गरेको छ।उपत्यकामा बढ्दो प्रदूषण र सवारी चाप नियन्त्रण गर्न महाशाखाले अभियान सञ्चालन गरेको हो।

त्यस्तै मौसम अनुमान प्रणाली दुइटा राडार जडानै भएनन् शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ। मौसम र बाढीसँग सम्बन्धित अनुमान प्रणाली अत्याधुनिक बनाउन ६ वर्षअघि ‘जलवायु प्रकोप समुत्थान निर्माण आयोजना’ सुरु गरिएको थियो । जल तथा मौसम विज्ञान विभागमातहतको त्यस आयोजनाको अवधि समाप्त भइसकेको छ । काम भने सकिएको छैन ।

२ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी (२५ मिलियन अमेरिकी डलर) लागतको आयोजनाको काम तोकिएको समयमा नसकिएपछि म्याद १३ महिना थपिएको छ। मौसम, बाढीलगायतका मौसमी गतिविधिमा हुने अनुमान प्रणालीलाई अत्याधुनिक प्रविधिमा लैजाने आयोजना निर्धारित समयमा नसकिनुमा विभागका महानिर्देशक सरजुकुमार वैद्य भूकम्पलगायतलाई दोष दिन्छन्।

नागरिक
–आजको नागरिकमा उपत्यकामा घट्दैछ हरियाली शिर्षकमा शिवहरी घिमिरेको समाचार छापिएको छ । काठमाडौँ उपत्यका उजाड कंक्रिटे शहर भइसकेको छ । यहाँका हरियाली र खाली जमिन वर्षैपिच्छे घट्दो छ । हाल उपत्यकाको जमिनमा ठडिएका रुखको संख्या पनि धेरै छैन् । शहरका रुख एक दिनभरी गणना गर्न सकिनेजतिकै पातालो भइसकेका छन् । तीनै रुखलाई नै तारो बनाए र सरकारी निकायले विकास निर्माणका काम अघि बढाउने क्रम जारी छ ।
पछिल्लो एक दशकमा विकास निर्माणका विभिन्न बहानामा यहाँका रुख कटान हुँदै आएका वातावरणविद् भुषण तुलाधरको भनाइ छ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा डडेलाले आधा दर्जन घरबार विहीन शिर्षकमा समाचार छापिएको छ। पाँचथरको हिलीहाङ गाउँपालिका वडा न ३ पञ्चमीको डाडे टोलका छ परिवार एक हप्ता देखि घरबार बिहीन भएका छन।

पाँचथरको बिभिन्न स्थानमा बन डडेलोबाट उम्केको आगो बस्तिमा पसे पछि यो महिना मात्र आठ बटा घर जलेर खरानी भयो । गत चैत २ गते पाँचथरको हिलीहाङ गाउँपालिकाको वडा न ३ मा जंगलबाट आएको आगो बस्तिमा पसे पछि छ वटा घर जलेर खरानी मात्र भएन घरबार बिहीन संगै लाखौं मुल्य बराबरको सम्पति समेत जलेर खरानी भयो।

यस्तै चैत ९ गते पाँचथरकै फाल्गुनन्द गाउँपालिका वडा न २/३ को मारुनी जंगलबाट आएको आगोले स्थानीय लाखमान तामाङ बीरबहादुर तामाङको घर खरानी भयो भने सन्त बहादुर तामाङको गाई गोठ समेत जल्यो। फागुन देखि बैशाख सम्मको समयमा बन डडेलोबाट उम्केको आगोले जिल्लामा आगलागीको घटना बड्न थालेको छ। गत बर्ष दुई बर्ष अघि मात्र पाँचथरको कुम्मायक गाउँपालिका वडा न ५ स्याबरुम्बामा बनबाट आएको आगो बस्तिमा पस्दा सात घर जलेर खरानी भयो । यस पटक पनि पाँचथरको दुई स्थानमा बनबाट आएको आगोले आठ घर खरानीमा परिणत भयो।

ताजा समाचार

सम्बन्धित समाचार