Sunday, October 20, 2024

‘वातावरण सुधार्न एक वर्षे राष्ट्रिय अभियान’

काठमाडौ– वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रदुषण नियन्त्रणका लागि जुन ५ देखि एक बर्षिय राष्ट्रिय अभियान सुरु गर्ने बताएका छन् ।

उनले बिहीबार नेपाल वातावरण पत्रकार समूहका पदाधिकारीहरुसँगको छलफलमा उक्त कुरा बताएका हुन । ‘राष्ट्रिय अभियान वातावरण दिवसका दिनबाट सुरु गर्ने योजना बनाइरहेका छौ । यसका लागि कार्यक्रमहरु तर्जुमा गर्ने काम भइरहेको छु, उनले आफ्नो कार्यकक्षमा समूहका पदाधिकारीहरुसँग भने । मन्त्री बस्नेतले दिवसका अवसरमा सुरु गरिने अभियान बर्षै भरी चल्ने बताए ।

‘अभियानका सबै कार्यक्रमहरु बार्षिक कार्ययोजनामा राख्ने गृहकार्य भइरहेको छ’, उनले भने, ‘वातावरणलाई हरेक व्यक्ति, परिवार र टोलको मुद्दा बनाउनुपर्छ ।’

मन्त्री बस्नेतले मन्त्रालय वन संरक्षणको मोडालिटी तयार गर्ने पक्षमा रहेको उल्लेख गरे । उनले काठ, जडीबुटीको बहुआयामित उपयोग गर्ने तर्फ मन्त्रालय अघि बढने जानकारी दिए ।

‘संरक्षण र उपयोगको सन्तुलित मोडल बनाउनुपर्छूू, मन्त्री बस्नेतले भने । उनले काठको आपूर्ति नियन्त्रण गरेर व्यापार घाटा कम गरी राष्ट्रिय अर्थतन्त्रलाई योगदान पुर्याउने तर्फ पनि गृहकार्य भइरहेको जानकारी दिए । ‘वन पैदावर सदुपयोग गरी आम नागरिकको जिवनस्तर उकास्न त्यही अनुसार उद्योगहरुको पद्र्घदनमा जोड दिइनेछ, बस्नेतले भने ।

उनले स्वच्छ वातावरण र प्राकृतिक स्रोतको संरक्षणका लागि आफु यस क्षेत्रमा क्रियासिल सबै संघसंस्थासँग हातेमालो गरेर अघि बढन तयार रहेको बताए । ‘आम नागरिक धुवा धुलोबाट पिडित छन् । नदीहरु प्रदुषण भइरहेको छ । सबैले साथ दिनुभयो भने म यी समस्या जतिसक्दो छिटो समाधान गर्छु’, बस्नेतले भने ।

ताजा समाचार

सम्बन्धित समाचार