Tuesday, October 1, 2024

हुरी घटनाको अध्ययन गर्न मौसमविद्को टोली बारा जाँदै

काठमाडौं–गत आइतबारको हावाहुरी कि भूमरी भनेर बहस भइरहेका बेला अध्ययन गर्न मौसमविद्हरूको टोली बारा र पर्सा जाने भएको छ।

यसअघि मौसमविद्हरुले हुरी बताइरहे पनि स्थानीय बासिन्दाले भूमरी रहेको र बाँसको झाङ नै उखेलिएको बताएपछि जल तथा मौसम विज्ञान विभागको टोली अध्ययन गर्न त्यसतर्फ जान लागेको हो।

विभागका महानिर्देशक सरजुकुमार वैद्यका अनुसार अध्ययन र अनुसन्धानपछि मात्र व्याख्या र विश्लेषण गरिने छ।

टोलीमा वरिष्ठ मौसमविद् सुजन सुवेदी, अर्चना श्रेष्ठ तथा सहायक मौसमविद् गोविन्द झा छन्। उनीहरु बुधबार त्यसतर्फ जाँदैछन्। टोलीको अध्ययन र अनुसन्धानपछि प्रतिवेदनका आधारमा थप अध्ययन गरिने बताइएको छ । आँधीमा परी हालसम्म २८ जनाले ज्यान गुमाएको र ३ सय ८४ जना घाइते भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार