Sunday, October 20, 2024

प्रदेश नं ५ मा वन र खानेपानीको अवस्था

१२ वटा जिल्लाहरु समावेश भएर वनको प्रदेश नं ५ को ४८ प्रतिशत भुभागमा वनक्षेत्र रहेको प्रदेश सरकारले जानकारी दिएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक तथा सामाजिक विकासको स्थितीपत्रमा उल्लेख भए अनुसार दाङ जिल्लामा सबैभन्दा वढी ६३ प्रतिशत क्षेत्रफलमा वनक्षेत्र रहेको छ भने सबैभन्दा कम रुपन्देही जिल्लामा १९ प्रतिशत भुभागमा मात्र वन रहेको छ ।

वाँके, वर्दिया, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्लामा ५० प्रतिशत भन्दा वढी भुभागमा वन रहेको छ । सो स्थितीपत्रमा वैज्ञानिक वन व्यवस्थापन गर्ने हो भने प्रशस्त वनजन्य उत्पादन र त्यसमा आधारित उद्योगहरुको विकास गर्न सकिने सो दस्तावेजमा उल्लेख गरिएको छ । जडिवुटी संकलन, उत्पादन, प्रशोधन तथा औषधी उत्पादनहरुको समेत प्रशस्त सम्भावना रहेको छ ।

सतह र भुमिगत जलस्रोतको हिसावले यो प्रदेशले राम्रो सम्भावना वोकेको उल्लेख गरिएको छ । नौमुरे जलविद्युत लगायत, मझौला तथा साना आयोजनाहरुको कार्यान्वयनबाट विद्युत, सिंचाई, खानेपानी तथा अन्य व्यवसाय संचालन गर्न सकिने उल्लेख छ ।

खानेपानीको विषय उल्लेख गर्दा ८८ प्रतिशत घर परिवारमा खानेपानीको सुविधा पुगेको सो स्थितीपत्रमा उल्लेख छ । धेरै घर धुरीमा खानेपानी पुगेको यो तेस्रो प्रदेश हो ।

जिल्लागत रुपमा दाङमा ६८ प्रतिशत घरधुरीमा मात्र खानेपानीको सुविधा पुगेको छ । रोल्पा, अर्घाखाँची र पाल्पा जिल्लाको अझ्र २० प्रतिशत घरमा खानेपानीको सुविधा पुग्न वाँकी रहेको देखिन्छ । यस क्षेत्रमा लाइमस्टोन, कोइला, फलाम, तामा लगायतका सामाग्रीहरुको खानी रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार