Tuesday, October 1, 2024

हुरी प्रभावित क्षेत्रमा एक हजार थान सोलार उपलब्ध गराइने

काठमाडौं–गत आइतबार बारा र पर्सामा चलेको भीषण हावाहुरीका कारण प्रभावित भएको क्षेत्रमा आधुनिक चुल्हो र सोलार उपलब्ध गराइने भएको छ।

हावाहुरीका कारण सयौं परिवार घरबारविहीन भएको र कतिपय क्षेत्रमा विद्युत अवरुद्ध विद्युत सूचारु गर्न नसकिएका बेला ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले एक–एक हजार थान आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने निर्णय गरेको हो।

ऊर्जा मन्त्री वर्षमान पुनका प्रेस संयोजक रोशन खड्काका अनुसार सो सहयोग वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत् उपलब्ध हुनेछ।

यसैगरी, अवरूद्ध विद्युत सेवा पुनः सुचारू गर्न पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको र आवश्यक बजेट उपलब्ध गराइने मन्त्री पुनले बताएको खड्काले जनाए।

हावाहुरीको कारण नेपाल विद्युत प्राधिकरणलाई १५ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। आइतबार साँझ आएको हुरीको कारण प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार