Sunday, October 20, 2024

हनुमान ढोका जोगाउन अख्तियारमा निवेदन

हनुमानढोका क्षेत्रमा व्यापारिक भवन निर्माण गर्न दिने सरकारी निर्णय हनुमान ढोका क्षेत्रमा प्रतिकुल असर गर्ने भन्दै स्थानिय युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शुक्रवार उजुरी दिएका छन् ।

उजुरीको लाग अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको स्थानिय युवाहरुको एक टोलीले सांकेतिक विरोध स्वरुप अख्तियार परिसरमा फोहोर सफा समेत गरेका थिए ।

उनीहरुले देश सझा हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत सफा हुनुपर्ने जिकिर सहित यसो गरेका थिए । हनुमान ढोका क्षेत्रको वफर जोनमा क्रिष्टल व्यापारिक भवन वनाउने कार्यले हनुमान ढोका क्षेत्रलाई असर गर्ने युवाहरुले वताए ।

काठमाडौ महानगरपालिकाका कर्मचारीहरु समेत मिलेमतोमा सो कार्य हुन लागेको युवाहरुले वताएका छन् । स्थानिय वासिन्दाहरुले पटक पटक सो कार्य रोक्नका लागि आग्रह गरिरहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार