Tuesday, October 1, 2024

हावाहुरीपीडितलाई एक करोड सहयोग गर्ने प्रदेश ३ सरकारको निर्णय

काठमाडौं–प्रदेश ३ सरकारले गत आइतबार बेलुकाकाे हावाहुरीबाट प्रभावित भएका बारा र पर्साका बासिन्दाका निम्ति एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।

प्रदेश सरकारको मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।

यसैगरी, प्रदेशसभाका सांसदहरुको तीन दिन बराबरको तलब समेत हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार