आगामी तीन दिनको मौसम : मेघ गर्जनसहित वर्षाको संभावना

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघ गर्जनसहित सामान्य वर्षाको संभावना रहेको जनाएको छ । प्रि–मनसुन शुरु भइसकेकाले सोमबार दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली हुनुका साथै बाँकी भू–भागहरूमा आंशिक बदली हुने महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा उल्लेख छ।

त्यसैगरी देशको पहाडी भेगको थोरै स्थानहरुमा र पुर्वी तराई भेगका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिएको । हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

सोमबार राती देशका पुर्वी भेगमा आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिम र मध्यका पहाडी भू–भागहरुमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ। पुर्वी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

मंगलबार दिउँसो देशको पुर्वी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरूमा आंशिक बदली हुनेछ। देशको पूर्वी भू–भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

त्यसैगरी बुधबार दिउँसो देशको पूर्वी र मध्य भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरूमा आंशिक बदलि हुने देखिन्छ । देशको पूर्वी भू–भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

बुधबार राती पनि देशको पुर्वी र मध्यका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली हुने संभावना छ । बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पुर्वी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार