Tuesday, October 1, 2024

हावाहुरीकाे वितण्डा: मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

काठमाडौं–प्रदेश २ सरकारले आइतबार बेलुकाकोे हावाहुरीका कारण भौतिक संरचना भत्कदा ज्यान गुमाएकाका परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

हावाहुरीले वितण्डा मच्चाएपछिको बाराको भरवलिया गाउँको स्थिति। तस्वीर स्रोत : भुषण यादवको ट्वीटरबाट।

प्रदेश २ सरकारको सोमबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै घाइतेको उपचार खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ।

यस्तै, घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए।

हावाहुरीका कारण २७ जनाभन्दा बढीको मृत्यु भएको छ र सयौं घाइते भएको अधिकारीहरुले जनाएका छन्।

सम्बन्धित समाचार : हावाहुरीका कारण २७ जनाको मृत्यु, चिकित्सकको टोली बारातर्फ (अपडेट)
बारा र पर्सा : हावाहुरीका कारण कम्तिमा २५ जनाको मृत्यु, कयौं घाइते

ताजा समाचार

सम्बन्धित समाचार