Sunday, October 20, 2024

सातै प्रदेशमा अनुसन्धान केन्दहरु स्थापना गरिने

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जलवायु परिवर्तन लगायत अन्य वातावरणिय विषयहरुमा पर्यात्त अध्ययन र अनुसन्धानको लागि प्रादेशिक अनुसन्धान केन्द्रहरु स्थापना गरिने वताएका छन् ।

मन्त्री भएपछि आफ्ना आगामी प्राथमिकताहरु सार्वजनिक गदै मन्त्री पोखरेलले ‘शैक्षिक तथा वैज्ञानिक अनुसन्धान मार्फत प्राकृतिक एवं सांस्कृति सम्पदाको समुचित उपयोग गरि राष्ट्रिय विकासमा योगदान गर्न पु–याउन प्रादेशिक अनुसन्धान केन्द्र स्थापना गनर्’े वताएका हुन् ।

‘जडिबुटी प्रशोधन, जलवायु परिबर्तन, साँस्कृतिक विविधता, पर्यटन, जलविद्युत, पर्वतारोहण, विज्ञान तथा प्रविधिलगायतका क्षेत्रमा खोज अनुसन्धान र विकासमा विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्ने गरी उच्च तहको अध्ययन अनुसन्धान केन्द्रहरु स्थापना र विकास गरिने छ,’ मन्त्री पोखरेलले भने ।

सूचना प्रविधी, पर्यटन, जडिवुटी, खेलकुद, पूर्वाधार विकाससंग सम्वन्धीत जनशक्ति उत्पादनका लागि उच्च शैक्षिक संस्था तथा विश्वविद्यालय स्थापना र संचालनको कार्यक्रमलाई अगाडी वढाउने समेत उनले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार