कलंकी– थानकोट सडक : पाइलैपिच्छे सास्ती (भिडियो)


काठमाडौँ
– देशको राजधानी काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका अन्तर्गतको कंलकी–थानकोट सडक धूलो, धुवाँ र जामका कारण यात्राका लागि कठिन बनिरहेको छ।

सडक विस्तारका लागि भन्दै खनिएको सडक अहिलेसम्म पनि नबन्दा उक्त सडक भएर यात्रा गर्ने यात्रु दैनिक धुलो र धुवाँ खाँदै घण्टौँ जााममा बस्न बाध्य भएका छन्।

सरकारले चाँडोभन्दा चाँडो उक्त सडक विस्तारको कार्य सम्पन्न गर्न निर्देशन दिएपनि काम भने भएको छैन्। केही समय अघि उक्त बाटोको जामका कारण एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको थियो। तैपनि सरकार तथा सम्बन्धित निकाय भने कानमा तेल हालेर बसिरहेको स्थानीयको गुनासो छ।

दैनिक १५ हजार भन्दा बढी सवारीसाधन आवतजावत गर्ने उक्त सडक समयमै निर्माण सम्पन्न नुहँदा सर्वसाधारणले यात्रा गर्दा सास्ती खेपिरहनु परेको छ।

ताजा समाचार

सम्बन्धित समाचार