Tuesday, October 1, 2024

विपद् जोखिम न्यूनीकरणको तयारी

डोटी–डोटीको जोरायल र बड्डीकेदार गाउँपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालिएको छ।

ठूलीगाड नदीको किनारमा रहेको जोरायल–४ मा पर्ने पिपलकोटमा योजना निर्माणको काम सुरु भइसकेको छ, भने यसपश्चात बड्डीकेदारमा योजना बनाइनेछ।

स्थानीय किसान लिलादेवी खड्काका अनुसार पछिल्लो समय यस क्षेत्रमा नदी कटान,बाढीपहिरो, खडेरी लगायतका विपद् बढ्दै गएका छन्। विपद् जोखिम न्यूनीकरणका लागि संकटासन्नता विश्लेषण गरिन्छ। सोही अनुसार योजना बनाइन्छ।

ईको एग्रो डीआरएमका अध्यक्ष चक्रबहादुर बमका अनुसार जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तहसँग समन्वय गरेर स्थानीयस्तरमा विपद तथा जलवायु उत्थानशिल, योजना तर्जुमा तथा समन्वय समिति गठन गरिएको छ।

‘यसले जोखिम व्यवस्थापन गर्न सञ्चालन गर्नुपर्ने क्रियाकलापहरुको बारेमा पहिचान हुन्छ । बजेटको प्राथमिकता निर्धारण गर्न पनि सजिलो हुन्छ । साथै बिपद जोखिम क्षेत्रमा खोज, उद्धार, राहत तथा प्रतिकार्यको व्यबस्था मिलाउन पनि सहयोग पुग्दछ,’ उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार