Sunday, October 20, 2024

स्वच्छ पानी र वातावरण सम्बन्धी ऐन बनाउन भुमिका खेल्ने महराको आश्वासन

सभामुख कृष्णबहादुर महराले नेपालको संविधानले स्वच्छ पानी र स्वस्थ वातावरणमा बाँच्न र बस्न पाउने अधिकारलाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेकोले सरकारले यस सम्वन्धी विधेयक तर्जुमा गरेर संसदमा ल्याएमा त्यसलाई पारित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

पानी,वातावरण र जलवायु परिवर्तन सम्बन्धी तीन दिने दिवसीय अन्तराष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै सभामुख महराले सो कुरा वताएका हुन् ।

जलवायु परिवर्तनको असरबाट वढी प्रभावित मुलुकमा अन्तराष्ट्रिय सम्मेलन हुनु निकै सान्दर्भिक भएको उल्लेख गर्दै सभामुख महराले सम्मेलनले पारित गरेका निश्कर्षहरु नेपाल सरकार र सहभागी मुलुकहरुका लागि निकै उपयोगी हुने जिकिर गरे ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण प्रदूषणमा अत्यन्तै नगन्य भूमिका भएको र जलवायु परिवर्तनको असर वढी भोग्न वाध्य तथा सबैभन्दा बढी जोखिममा पर्ने राष्टको सूचिमा रहेको नेपालले लिनुपर्ने कदमका बारेमा सम्मेलनबाट पारित निश्कर्षहरुले सघाउने आशा व्यक्त गरे ।

सम्मेलनमा भएका छलफलबाट नेपाली विज्ञ,प्रशासक, स्थानीय तहका जनप्रतिनिधि,उपभोक्ता समितिका पदाधिकारीहरुको क्षमता अभिबृद्धिमा समेत सहयोग पुगेको उनको भनाई थियो ।

उहाँले नयाँ बर्ष २०७५ लाई बातावरण अनुकूलन बर्षको रुपमा मनाउने र वातावरण संरक्षण र जलवायु परिवर्तनका अनुकूलनका कार्यक्रमहरु तय गरी कार्यान्वयन गरिने जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार