Sunday, October 20, 2024

रेड पाण्डाको छालासहित दुई पक्राउ

प्रहरीले रेड पाण्डाको छालासहित दुई जनालाई प्रहरीले काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बाजुरा जिल्लाको स्वाभिकार्तिक गाउँपालिका–२ घर भई काठमाडौं मैतिदेवी बस्ने २२ बर्षीय धर्वेन्द्र शाही र सोही ठाउँ घर भई नयाँ बानेश्वर बस्ने २३ बर्षीय शुसिल शाहीलाई १ थान रेड पाण्डाको छाला सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई यस सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार